काठमाडौं, २ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रमुख ४ महापालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।

सोमबारराती ११ बजेसम्मको परिणाम अनुसार एमाले उमेद्वार ५ गाउँपालिका तथा कांग्रेस र माओवादी केन्द्रका उमेद्वार चारचार गाउँपालिकामा बिजयी भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभिन्न तहका वडा सदस्य र वडा अध्यक्ष एंव सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उमेद्वार विजयी भएका छन्।

माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेद्वारले समेत वडा तहमा नेतृत्व जितेका छन्। खबर आजको नागरिक दैनिकमा  छ ।