बाजुरा।  बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको आज विहानका राति मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको आमामा पनि कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । उनीहरु भारतबाट आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । पीसीआर रिपोर्ट आएपछि उनमा कोरोना पोजेटिभ देखिएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो।

अवस्था जटिल भएपछि उनलाई मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित थिइन् ।