दमक। झापाको दमकबाट पठाइएका ३९ जनाको कोरोना भाइरस परीक्षणको रिपोट आज आउँदै छ । सवाल नेपालसँग कुरागर्दै दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले यस विषयमा जानकारी दिनुभएको हो।
वहाँका अनुसार ३९ जनाको पिसीआर स्वाव पठाइएको छ । उनीहरु दमकका क्वारेन्टाइनमा रहेका भारतबाट आएका नागरीक तथा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर खटिएका कर्मचारीहरु हुन् । ५ जनाको आरडिटी नेगेटिभ आइसकेको छ । भाइरस परीक्षणका लागि २ दिन अघि स्वाव प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोशी अस्पताल पठाइएको थियो ।



