वीरेन्द्रनगर। कर्णाली प्रदेशमा आज थप ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार सुर्खेतस्थित प्रादेशिक प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट थप ७५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कर्णालीमा कुल संक्रमित संख्या १९८ पुगेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये एक जनाको मृत्यु भैसकेको छ।



