
रोनाभाइरस (कोभिड- १९)का सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तुमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । जिला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तुमा संक्रमितको कुल संख्या ३ सय ९५ पुगेको छ ।
पछिल्लोपटक वाणगंगा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय र वडा नं. ९ का ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । कुल संक्रमितमध्ये कपिलवस्तुका ३२ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लोपटक थप ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
निको भएर डिस्चार्ज हुनेमा कृष्णनगर नगरपालिकाका ५, यशोधरा गाउँपालिकाका २ तथा बुद्धभूमि नगरपालिकका १ जना छन् । हेर्नुहोस्, जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी :




