काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि आजसम्म गरेका कामको मूल्यांकन गर्दै आउने दिनमा गर्नुपर्ने कामबारे विज्ञहरुसँग परामर्श गर्दैछन्।

आज दिउँसो ४ बजे बालुवाटारमा त्यस्तो परामर्श बैठकको तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव लोकदर्शन रेग्मी, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका सरकारी अधिकारीसँगै अन्य विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुँदैछन्।

बैठकममा लागि पूर्वअर्थसचिव रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पीताम्बर शर्मा, दिनेश देवकोटा, मिनबहादुर श्रेष्ठ, स्वर्णिम वाग्लेलगायत सहभागी हुनेछन्।

त्यसैगरी मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, जनस्वास्थ्य विज्ञहरु डा. शरद वन्त, महेश मास्के, अरुणा उप्रेती, समीरमणि दीक्षित, अर्जुन कार्की लगायत निम्त्याइएका छन्।

प्रधानमन्त्री ओलीले ११ जेठको सम्बोधनका क्रममा पनि कोरोना महामारी रोकथामका लागि विज्ञहरुसँगको परामर्शलाई निरन्तरता दिने उल्लेख गरेअनुसार नै अहिले परामर्श बैठक बस्न लागिएको प्रेस सल्लाहाकार थापाले बताए। देखापढी बाट साभार