कञ्चनपुर। सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ६ जना कोरोना भाइरस संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल ल्याइने भएको छ।

कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबार संक्रमण देखिएका ७ जना संक्रमितमध्ये एक जनालाई सेती प्रादेशिक अस्पताल र ६ जनालाई महाकाली अस्पताल लैजाने तयारी भएकोे गौरीगंगा नगरपालिकाकी उप–प्रमुख अञ्चला चौधरीले जानकारी दिनु भयो।

वहाँले भन्नु भयो कोरोना संक्रमणको लक्षण देखिएकालाई अस्पतालले भर्ना नगरे पछि व्यवस्थापनमा समस्या आएको थियो, अहिले ६ जना संक्रमितलाई महेन्द्रनगर पठाउने र एक जनालाई सेतीमा राख्ने तयारी भइरहेको छ।

सेती अस्पतालमा आईसोलेसन कक्ष भरिएको र अस्पतालसँग समन्वयनै नगरी बिरामी ल्याइएकोले समस्या परेको अस्पताल स्रोतले बताएको छ।

मंगलबार राति एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा नम्बर ४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भेटिएका ७ संक्रमितलाई भर्ना नै नगरी फर्काइएको थियो। अहिले ती ७ संक्रमितलाई गौरीगंगा नगरपालिका–४ स्थित निर्माणाधीन प्रसूति सेवा गृहको भवनमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah