मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवं आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवं धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा राम्रो प्रतिफल आउनेछ ।

वृष– व्यवसायमा बाधा आउनेछ । आर्थिक कारोबार मा समस्या हुनाले पुरानो व्यवहारमा तनाव हुनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक सहायताको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना सुरु हुनेछ ।

मिथुन– व्यवसायमा सामान्य आम्दानी हुनेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । लगानीमा सामान्य फाइदा हुनाले आर्थिक भार कम हुनेछ । काममा चिन्ता मिल्ने तथा कृषि व्यवसायमा भने आम्दानी हुनेछ । आफन्त भेटघाट एवं यात्रामा तनाव मिल्नेछ । पारिवारिक सहयोग मिल्नाले पुराना काम बन्नेछन् । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ । साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवं यात्रामा सामान्य झन्झट हुन सक्नेछ

कर्कट– धार्मिक काममा खर्च हुनेछ । मित्रको सुख मिल्ने एवं पारिवारिक भेटघाट रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ । विदेशबाट धन एवं आफन्तजनको सहयोगमा कामको योजना बन्नेछ । खानपिन एवं सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।

सिंह– साताको सुरुमा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं सामाजिक खर्च हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय सुख मिल्ने एवं काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवं सञ्चित धन खर्च हुने देखिन्छ । मानसिक तनाव बढ्नाले काममा वाधा हुनेछ ।

कन्या– साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ । खानपीनको कारणले स्वास्थ्यमा बाधा एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झूठो आरोपको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं व्यक्तिगत खर्च बढ्नेछ ।

तुला– साताको शरुमा व्यवसायिक काममा रुचि बढ्नेछ । जिम्मेवारी थपिने एवं ठूलाबडाको साथ भने मिल्नेछ । व्यापार व्यवसायमा बाधा हुने तथा सम्पतिको चिन्ता हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवं वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुने तथा व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवं आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।

वृश्चिक– अध्ययन एवं कला, संगीतमा रुचि जानेछ । धार्मिक एवं आध्यात्मिक क्षेत्रमा संलग्नता बढ्ने तथा व्यापार व्यावसायमा भने केही आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवं घरायसी विवाद भने बढ्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवं सरकारी जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ । सन्चित धनको खर्च बढ्नाले तनाव थपिनेछ ।

धनु – चिसोले सताउनेछ । पारिवारिक चिन्ताले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलावर्गसँग दुश्मनी बढ्ने एवं घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने सवारी सुख मिल्ने एवं भोगविलासमा खर्च बढ्नेछ । साथी भाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।

मकर– उत्साह, उमंग बढ्नेछ । छोटो यात्राको अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामूहिक काम बन्नेछ ।दिदीबहिनी एवं बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवम आर्थिक रुपमा समस्या पर्ने तथा पारिवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा भने धनसम्पत्ति प्राप्ति हुने एवं जग्गा जमिनको कारोबारमा सुख मिल्नेछ । कृषि तथा पशु चौपायाबाट सामान्य आम्दानी हुनेछ ।

कुम्भ– मीठो बचनको प्रयोगले सम्बन्ध राम्रो बन्नेछ । धनसम्पत्तिको कारोबारमा वृद्धि हुने, नयाँ काममा एवं स्वस्थ्यमा खर्च बढ्ने योग देखिन्छ । मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।

मीन– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवं आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा मित्रको सहयोग राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग सहयोगको वातावरण बन्नेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवं आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्नसक्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah