रत्ननगर (चितवन), २ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा आज राति ९ः३० बजेबाटै मतगणना सुरु गरिने भएको छ ।

आज मतदान सम्पन्न भएसँगै ७ः३० बजेको सर्बदलीय बैठकले आजै मतगणना सुरु गर्ने निर्णय भएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडामा ८२० मतदाता रहेकोमा ६६४ मत खसेको छ । यो कुल मतदाताको ८१ प्रतिशत हो ।

उक्त नगरपालिकाको वडा नम्बर ११ का वडा सदस्यका उम्मेदवारको मृत्यु भएकाले वैशाख ३१ गतेको निर्वाचन हुन नसक्दा यहाँ अन्य वडाको समेत मतगणना रोकिएको थियो ।

वैशाख २६ गते बर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका वडा नम्बर ११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah