फलेवास (पर्वत) २ जेठ । पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् । महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा(एमाले) विजयी भएको हो । अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन् । यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत रहेको छ । त्यस्तै वडा नं १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन् । रासस
पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी
सवाल नेपालसंवाददातामंगलबार, १ जेठ २०७४

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



