पहिलो चरणको स्थानीय तहको अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमाले पहिलाे स्थानमा उक्लेकाे । दाेस्राे स्थानमा नेपाली कांग्रेस र तेस्राेमा माओवादी केन्द्र रहेको छ ।
अहिलेसम्म २८३ मध्ये केहि मत परिणाम बाहिर आएको छ । जस अनुसार एमालेले १७ विजयी / ९१ अगाडि, कांग्रेसले १४ विजयी / ८२ अगाडि र माओवादी केन्द्रले११ विजयी / ३४ अगाडि तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।
एक तहमा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । मुस्ताङ दोलामे गाउँपालिका स्वतन्त्र उम्मेदवार राजु विष्ट विजयी भएका छन् । विष्टले नेपाली कांग्रेसका तोञ्जोङछिरिङ गुरुङलाई पराजित गरेका हुन् ।
हालसम्म नेकपा एमालेले जितेका स्थानीय तहहरुमा शे–फोक्शुण्डो गाउँपालिका–डोल्पा, ठूली भेरी नगरपालिका–डोल्पा, काइके गाउँपालिका–डोल्पा, शिवालय गाउँपालिका–जाजरकोट, चामे गाउँपालिका–मनाङ, नेस्याङ गाउँपालिका–मनाङ, घरपझोङ गाउँपालिका–मनाङ, मादी गाउँपालिका–कास्की, देवघट गाउँपालिका– तनहुँ, फेदिखोला गाउँपालिका-स्याङजा, महांकाल गाउँपालिका-ललितपुर र गाेसाइकुण्ड गाउँपालिका-रसुवा रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुमा कुशे गाउँपालिका–जाजरकोट, बुङदीकाली गाउँपालिका–नवलपरासी, तमानखोला गाउँपालिका– बाग्लुङ, नाशोङ गाउँपालिका–मनाङ, नार्फु गाउँपालिका–मनाङ, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ, थासाङ गाउँपालिका–मुस्ताङ, लोमन्थाङ गाउँपालिका–मुस्ताङ, डुंगेश्वर गाउँपालिका–दैलेख र पातारासी गाउँपालिका-जुम्ला हेका छन् ।
त्यस्तै एनेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा वियज प्राप्त गरेका स्थानीय तहहरुमा मुड्केचुला गाउँपालिका–डोल्पा, जगदुल्ला गाउँपालिका–डोल्पा, गुठचौर गाउँपालिका–जुम्ला, हिमा गाउँपालिका–जुम्ला, सान्नी त्रिवेणी गाउँपालिका–कालिकोट, सानीभेरी गाउँपालिका–रुकुम, जुम्ला, दार्मा गाउँपालिका, सल्यान, ताजाँकोट गाउँपालिका, हुम्ला र मरिण गाउँपालिका- सिन्धुली रहेका छन् ।



