दमक। झापाका पसल तथा बजार दैनिक ६ घण्टा खुल्ने भएका छन् । आज जिल्ला समन्वय समिति झापामा समितिका अध्यक्ष सोम नाथ पोर्तेलको अध्यक्षतामा बसेको जिल्लाभरका उद्योग बाणिज्य संघका अध्यक्ष तथा नगर र गाउँपालिकाका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भोलि देखि दैनिक ८ देखि २ बजे सम्म पसल खोल्ने निर्णय गरेको हो । तर केहि पसलहरु भने बन्द नै रहने छन् । खुल्ला हुने पसलहरुमा निर्माण समाग्री तथा खाद्यान्न पसलहरु, लत्ताकपडा, जुत्ताचप्पल, सुन चाँदी, इलोक्ट्रेनिक्स पसलहरु छन् । यी पसलहरु खोल्दा सुरक्षा विधि अपनाइ भौतिक दुरी कायम गरि संचालन गर्नु पर्नेछ ।
होटल रेस्टुरेन्टहरुले सेवा दिन भने नपाउने दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो । सिनेमा हल, सैलुन, ब्युटी पार्लर लगायत बढी भीडभाड हुने क्षेत्रहरु बन्द नै रहने पनि श्रेष्ठले जानकारी दिनुभयो।



