दमक। झापाको कनकाई नगरपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३, ४ र ५ का हुन् । वडा नम्बर ३ का ३५ वर्षीय, ४ का १६ वर्षीय र ५ का १७ वर्षीय पुरुष रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले सवाल नेपाललाई जानकारी दिनु भयो ।
तीनै जनाको कोशी अस्पतालमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो । उनीहरु गत ९ गतेबाट कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु भारतबाट आएको न्यौपानेले बताउनु भयो ।



