किशोर खनाल,भरतपुर । भरतपुर महानगरपालिकामा कसको पल्ला भारी होला भन्ने विषयलाई लिएर चितवनमा मात्र होइन, केन्द्रमै सर्वाधिक चासोका रुपमा हेरिएको छ । यहि हो तालमेल ? माओवादी केन्द्रका कार्यकर्ता बुरुक्क बुरुक्क ! 

भरतपुर महानगरपालिकाको निर्वाचनको परिणामलाई लिएर सर्वाधिक चासो रहनुको प्रमुख कारण ३ वटा छन् ।

पहिलो कारण यस महानगरमा नेपाली कांग्रेस बलियो हुँदाहुँदै माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन बन्नु हो । दोस्रो कांग्रेस र केन्द्रको गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल मेयरमा उठ्नु हो । तेस्रो कारण कांग्रेसले मेयरमा उम्मेदवार फिर्ता गरेपछि उसको मेयरको भोट कता बढी जाला भन्ने कौतहलता आमजनतामा जाग्नु हो ।

एमालेबाट मेयरमा उम्मेदवार बनेका देवी ज्ञवाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई चुनौति दिँदै आफ्नो जित सुनिश्चित भएको दावी गर्नुको विषयले पनि यस महानगरको परिणामलाई थप चर्चा बनायो ।

कांग्रेस र माओवादी केन्द्रले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म भरतपुर महानगरमा एमालेका ज्ञवाली नै अगाडि छन् । भरतपुर महानगरपालिकाको वडा नं. १ को मतगणना गन्न मंगलबार दिनभर लाग्यो । दिनभरको मतगणनाअनुसार एमालेका देवी ज्ञवालीले नै अग्रता कायम राखे ।

‘महानगरको वडा नं. १ मा नेकपा एमाले बलियो भएको कारणले मेयरमा झिनो मतले अगाडि आएको हो’ माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’ले भने । उनले कांग्रेस र माओवादी केन्द्रको तालमेल भए पनि केही मत यताउती हुन सक्ने बताए । उनले भने, ‘वडा नं. १ एमालेको क्षेत्र हो, वडा नं.२ को मतगणनाबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालको लिड हुन्छ ।’ उनले गणबन्धनकै मेयरको उम्मेदवार रेणु दाहालको जित सुनिश्चित रहेको दावी गरे ।

वडा नं. १ लाई मात्र हेरेर महानगरमा रहेका २९ वटा वडाको आंकलन गर्न सकिने अवस्था रहँदैन । धैरै मतदाता भएको वडाहरुको मतगणना गर्न बाँकी छ । सहइन्चार्ज अविनाशले १ नं. को वडालाई मात्र हेरेर तालमेल अनुसार माओवादी केन्द्रको मेयरलाई मत नआएको भन्न नसकिने बताए । ‘अरु धेरै वडाको मतहरु गन्न बाँकी छन्, तालमेलअनुसार मत आउँछ भन्ने हामीलाई विश्वास छ । वडा नं. १ को मतलाई सकारात्मक रुपमा लिनुपर्छ’ सहइन्चार्ज अविनाशले भने ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले महानगरको वडा नं. १ एमालेको बलियो क्षेत्र नभएको बताए । उनले भने, ‘बलियो नरहेको वडामा समेत मेयरमा एमालेले लिड ग¥यो, अन्य वडामा हामी धेरै नै माथि जान्छौँ ।’ महानगरको २९ वडा मध्ये २० वडा जित्ने उनले दावी गरे । ‘गीतानगर, शारदानगर, गुञ्जनगर, दिव्यनगरमा हाम्रो मत कम आउँछ, अन्य ठाउँमा हामी अत्यधिक मतले लिड गर्छौँ’ रेग्मीले भने, ‘मेयरलगायत बहुमतले हामीले जित्छौँ ।’

नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले महानगरको वडा नं. १ मा पनि गठबन्धनको उम्मेदवारले लिड गर्नुपर्ने बताए । उनले भने, ‘गठबन्धनको उम्मेदवारले लिड गर्नुपर्ने हो, तर केही मत यताउती हनसक्छ ।’ उनले आफूले यस विषयमा बुझ्न बाँकी नै रहेको बताए ।

नेपाली कांग्रेस महानगर समन्वय समितिका संयोजक भरत अधिकारीले गठबन्धनकै उम्मेदवारले जित्ने दावी गरे । उनले भने, ‘थोरै मतले भए पनि मेयरमा गठबन्धनकै उम्मेदवारले जित्नुपर्छ । वडा नं. ३, ४, ६, १६, १७, १८ कांग्रेस बलियो छ । त्यहाँको मतगणना हुँदा गठबन्धनको मेयर उम्मेदवारबाट धेरै नै लिड हुन्छ ।’

संयोजक अधिकारीका अनुसार वडा नं. २७, २८ र २९ कांग्रेसको कमजोर क्षेत्र हो । वडा नं. ९ देखि १२ सम्म कांग्रेस र एमालको कडा प्रतिस्पर्धा क्षेत्र रहको उनले बताए । ‘महानगरको उपमेयरमा भारी मतले जित भए पनि मेयरमा थोरै मतले जित्ने आधार बनेको छ’ उनले भने, ‘केन्द्र र कांग्रेसबीच तालमेल गरे पनि ७ सालदेखि कांग्रेसलाई भोट हालेका ज्येष्ठ नागरिकबाट गठबन्धनको उम्मेदवारलाई भोट कम आएजस्तो देखिन्छ ।’
देवीलाई के आधारले खस्यो भोट ?

२०५४ सालको स्थानीय चुनावमा उपमेयर बनेका ज्ञवाली महानगरवासीमाझ पहिलेका मेरा अधुरा कामहरु पूरा गर्न दिनूस भन्दै भोट मागेका थिए । यो कारणले पनि महानगरवासीले एकपटक फेरि देवीलाई हेर्न चाहेका हुन् कि भन्ने आंकलन गरिएको छ ।

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली महानगरवासीको लागि नौलो नाम होइन । चिनेजानेका हिसाबले पनि ज्ञवालीले दुईचार सय भोट बढी खान सक्छन् भन्ने अनुमान गरिएको छ । चितवनको माटोमा ४० वर्ष राजनीति गरेर बिताएका जुझारु नेता ज्ञवालीको स्वच्छ छवि भएका कारणले पनि उनले बढी मतदाताको सहानुभूति पाएका छन् ।

कांग्रेस र केन्द्रको गठबन्धन नरुचाउने पुराना कांग्रेसका कार्यकर्ताहरुको भोट देवीले खाएका छन् भन्ने विश्लेषण छ । ‘कांग्रेसका भावनामा ठेस पुग्न गएका केही कार्यकर्ताहरुले गठबन्धनलाई भोट दिएनन् कि जस्तो लागेको छ’ कांग्रेस महानगर संयोजक भरत अधिकारीले भने, ‘हामीले हाम्रा कार्यकर्तालाई धेरै बुझाएका छौँ, तर गर्दागर्दै केही भोट यताउती हुनसक्छ ।’
रेणुलाई के आधारले खस्यो भोट ?
माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल महिला भएका कारणले उनलाई महिलाको भोट बढी खसेको अनुमान गरिएको छ । केन्द्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएका कारणले केन्द्रको निर्देशनअनुसार पार्टीमा लागेका कार्यकर्ताहरुले ‘ओभरट्याक’ नगरी रेणुलाई नै मत खसालेका छन् ।

उनी मेयर भए अहिलेको गठबन्धन सरकार लामो समयसम्म रहने र महानगरमा धरै नै बजेट पर्ने आशाले पनि रेणुलाई भोट गएको छ । वैद्य माओवादीको एक समूह माओवादी केन्द्रसँग एकता गरेको हुनाले त्यो समूहको मत पनि रेणुले खाने आंकलन गरिएको छ ।
चितवन पोष्टबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah