काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ६ सय २२ पुगेको हो । संक्रमितमध्ये २३० जना पुरुष र २० जना महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा आठ महिलासहित १८७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज जानकारी दिनुभयो ।

हाल देशभर तीन हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् । एक लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah