स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ४८ कोभिड १९ संक्रमित थपिएको जानकारी दिएको छ । शुक्रवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा हालसम्मकै सबै भन्दा धेरै संक्रमित थपिएको बताएका हुन् ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवाक्ता गौतमले बताए । उनका अनुसार विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ र झापाका ७ जनामा संक्रमण देखिएको छ भने टिचिङ अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० जनामा संक्रमण पाइएको छ ।
डाक्टर गौतमले भरतपुरमा गरिएको परीक्षणमा चितवनका ८, धादिङका १, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११ जनामा संक्रमण पाइएको बताए ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १, झापाका ६ र सुनसरीका १० जनामा संक्रमण पाइएको छ ।
पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२, नवलपरासी पूर्वका १ र तनहुँका १ जनामा संक्रमण पाइएको छ ।
गौतमले भेरीमा गरिएको परीक्षणमा बर्दियाका १५ र बाँकेका १ जनामा संक्रमण पाइएको बताए भने राजधानीको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४, मोरङका १ र धादिङका २७ जनामा संक्रमण पाइएको छ ।
जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४, महोत्तरीका ६ र सर्लाहीका ३ जनामा संक्रमण देखिएको छ ।
धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र सर्लाहीका ४ मा संक्रमण देखिएको छ भने राप्तीमा गरिएको परीक्षणमा ८ जना संक्रमित पाइएका छन् ।
सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३८ र सुर्खेतका ४५ जनामा संक्रमण देखिएको छ भने रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६ र नवलपारासी पश्चिमका २ जनामा संक्रमण देखिएको हो ।
डाक्टर गौतमले टेकुमा गरिएको परीक्षणमा बाराका १, धादिङका १, धनुषाका १, नुवाकोटका १, रौतहटका ८६, काठमाडौँका १ र सर्लाहीका ५० जनामा संक्रमण देखिएको बताए ।
यससँगै हालसम्म नेपालमा जम्मा संक्रमित ५ हजार ६२ देखिएका छन् भने ८ सय ७७ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।
पछिल्लो २४ घन्टामा मात्र डिस्चार हुनेको संख्या १६ छ ।



