काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक पुनः स्थगित भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छलफल गर्नका लागि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बस्दै नबसि स्थगित भएको हो।
नेकपाका महासचिव विष्णु पौडेलले आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको जानकारी दिनुभयो । नेकपाको सचिवालय बैठक बोलाएर स्थगित भएको यो दोस्रो पटक हो। यसअघि जेठ २७ गते मंगलबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसि स्थगित भएको थियो।










