विराटनगर। शिव सेना नेपालले मोरङका दुई स्थानमा राँके जुलुुस निकालेको छ । शिव सेना नेपालले एमसीसीका विरुद्धमा राँके जुलुुस निकालेको बताएको छ । आज साँझ मोरङको बिराटनगर र सुन्दर हरैचामा एकै चोटी राँके जुलुस निकालेको शिव सेनाका नेता सुरज कँडेलले जानकारी दिनु भयो ।
जुलुसमा शिव सेनाका जिल्ला अध्यक्ष सतिस पोखरेल लगायत नेता कार्यकर्ताहरुको ठुलो संख्यामा उपश्थिति रहेको थियो । उनिहरुले एमसीसी धोका हो, राजा आउ देश बचाऊँ जस्ता नारा लगाएका थिए ।
यसअघि पनि शिव सेनाले सुनसरीको इटहरीमा एमसीसीको विरुद्धमा राँके जुलुस र कोण सभा गरेको थियो । शिव सेनाले सरकारले एमसीसी पारीत गरे ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिदैै आएको छ ।

https://youtu.be/73x1jHt7rXM










