बिष्णुप्रसाद पोखरेल

यसपटकको स्थानीय निर्वाचनमा माओबादी केन्द्रका लागि सबैभन्दा ठूलो दूर्भाग्य भएको छ । ३ वटा प्रदेशमा भइरहेको निर्वाचनमा छिटफूट बाहेक शहरी तथा बिभिन्न उपमहानगरपालिका र महानगरपालिकाहरुमा नतिजा यति धेरै निराशजनक माओबादीले कल्पनासम्म पनि नगरेका पार्टीका नेतारुले नै सार्वजनिक रुपमा बताइसकेकाछन् । ग्रामिण इलाका र बिगतमा माओबादीले निर्वाचनमा पकड राखेका केहि क्षेत्रहरुले माओबादी केन्द्रको प्रतिष्ठालाइ जिबित राखेको भएपनि काठमण्डौमा भने लाजमर्दो अवस्था आएको छ । भर्खर खुलेका साझा पार्टी र बिवेकशिलभन्दा तलको अवस्था आउनुलाइ माओबादीले निक्कै चुनौती महसुस गरेको बताइन्छ ।

स्थानीय निकाय गराउनुको श्रेय आफूलाइ जानेमात्र नभएर धेरै लोडसेडिङमा बस्न बाध्य भएका नागरिकलाइ उज्यालो आफूहरुले दिएको माओबादीको खुलमखुल्ला प्रचार रहेको थियो । बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ नै यो पटक राजधानी सहित बिद्यूत पहुँच भएका क्षेत्रमा माओबादीको भोग माग्ने बिज्ञापनको रुपमा प्रचारित भएका थिए । कुलमान कार्डको प्रयोग समेत भएको थियो जून ब्यर्थ बन्यो । कूलमान बिक्रि हुन सकेनन् । माओबादीले कुलमानलाइ बिक्रि गर्न सकेन । जनताले किन्न मानेन् ।

वास्तवमा लोडसेडिङ घटेकै हो । पहिला भन्दा धेरै बिजूली जनताले पाएका नै हुन् । एउटा ब्याक्तिका कारण बिद्यूत प्राधिकरणमा सुधार पनि आएकै महसुस गर्न सकिन्छ । घिसिङ बिद्यूत प्राधिकरणमा आएका प्रमुख मध्ये अहिलेसम्मकै गुणी र राम्रा पनि पक्कै हुन् नै भन्न खासै जिब्रो लरबर्याउनु पर्दैन तर सत्य र यथार्थ भनेको लोडसेडिङको अन्त्य भएको छैन । जनताले पूर्ण रुपमा बिजूली पाएका छैनन् । यो धु्रव सत्य हो । तर भाषणमा र सरकारले नै बारम्बार अहिले नेपाल लोडसेडिङमुक्त छ भन्ने गरेको पाइन्छ । घरमा बिजूली हुदैन तर हामीले लोडसेडिङको अन्त्य गरेका छौ भन्दा नागरिकले पत्याउदैनन् ।

माओबादी पार्टीले मूख्य शहरहरुमा आफ्नो उपस्थिति देखाउन सकेन तर स्थनीय तहको निर्वाचन गराउने नेतृत्व लिएकाले यो आउदो निर्वाचनका लागि उसको उचाइ बढाउने एउटा महत्वपूर्ण कमद अवश्य हुनेछ । उसले जिबनभर हुन नसकेको र हुदैन भनेको निर्वाचन गराउन सफल भएको भन्न सक्ने आधारछन् र यो सत्य हो । प्रचण्ड चुनाव गराउन नै चाहादैनन् भनिन्थ्यो तर चुनाव गराए । अब आउदो जेठ ३१ गते दोश्रो चरणको निर्वाचन भएको अवस्थामा प्रचण्डको अहिलेसम्म जनताको पक्षको ठूलो निर्णय सावित बन्नेछ ।

राष्ट्रिय राजनीतिमा धेरै महत्व राख्ने ३ वटा क्षेत्रमा अझै स्थानीय तहको निर्वाचन गर्न बाँकी रहेको छ । अहिले देखिएकै नतिजा देखिएला पनि भन्न सकिन्न । यो अवस्थामा माओबादीका केहि नेताहरुको सामाजिक सञ्जालमा भाइरल बनेका भनाइहरु र प्रचारहरुलाइ रोक्न सकेन भने अझै समस्यामा यो पार्टी पर्न सक्छ । पछिल्लो अवस्थामा राजधानीमा देखिएको मत परिणामलाइ लिएर ‘जनता भेडाबाख्रा रहेछन्, उज्यालो र सडक चौडा भएको हेर्न चाहादैनन् रहेछन्’ भन्ने जस्ता पोष्टहरुले अझ अवस्थालाइ नबिगार्ला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah