दमक। झापाको दमकमा भोलिदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने भएको छ । बाणिज्य संघले विज्ञप्ती मार्फत भोलिबाट लागु हुनेगरि सरकारले तोकेका व्यापार व्यवसाय संचालन गर्न साँझ ५ बजे सम्मको समय तोकेको हो ।

आजसम्म पसलहरु दैनिक विहान ८ बजे देखी दिउँसो २ बजे सम्म मात्र संचालन हुँदै आएका थिए । उसले कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानी अपनाउँदै व्यवसाय संचालन गर्न पनि भनेको छ । अनुगमन गर्दा आवश्यक सजकता अपनाइएको नपाइएमा संबन्धित निकायले कार्वाहि गर्ने भएकाले सेनिटाइजर देखी व्यक्तिगत दुरी कायम सम्ममा ध्यान दिन पनि सबैमा अनुरोध गरेको छ । बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले कोरोना भाइरसबाट बच्च सावधानी अपनाउँदै पसल संचालन गर्न अनुरोध समेत गर्नु भएको छ ।

त्यस्तै दमक बजार पनि अब बन्द नहुने भएको छ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको बजार आगामी छठ पर्व सम्मका लागि खुल्ला गरिएको दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो । शुक्रबार पनि बजार खुल्ने भएपछि दमकका व्यापारी व्यवसायीहरुलाई केहि राहत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah