काठमाण्डौ। नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झन झन बढ्न थालेको छ । आज एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकैदिनमा सङ्क्रिमत हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।
आजको पुष्टि संख्यासँगै नेपालमा कोरोनो भाइरस संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



