काठमाण्डौं। लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाले पनि सर्वसम्मतिले पारित गरेको छ।

यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सो विधेयक सर्वसम्मतिले पारित भएको थियो। आज बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ।

सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ  नक्सा जारी गर्ने निर्णय गरेको थियो। सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गर्नु भएको थियो।