काठमाण्डौं। प्रधानमन्त्री केपी ओलीले यूएईले नेपालीहरुलाई फिर्ता पठाउँदा कोरोना परीक्षण नगरिकन पठाएर झुक्याएको बताउनु भएको छ । आज राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
केही दिनअघि युएईबाट उद्धार गरिएकाहरुमा कोरोना पोजिटिभ देखिएपछि प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। वहाँले भन्नु भयो, बाहिरबाट मान्छे ल्याउँदा सम्बिन्धत देशले परीक्षण गरेर पठाउनुपर्ने व्यवस्था छ, तर परीक्षण नै नगरी पठाइएको रहेछ ।प्रधानन्त्री ओलीले सरकारले बाहिरबाट मान्छे ल्याउन थालेको र यो क्रम केही पछिसम्म रहने स्पष्ट पार्नु भयो।
विदेशबाट ल्याउँदा कोभिड संक्रमित छ छैन टेस्ट गरेर ल्याउनु पर्नेमा कुनै कुनै देशले टेस्ट नगरी पठाइदिएको रहेछ भन्दै प्रधानमन्त्री ओलीले यूएईको सम्बन्धमा अलिकति अल्मलियौँ, टेस्ट नै नगरी मानिसहरु आए डब्ल्यूएचओको मान्यतामा त्यसरी पठाउन नपाइने बताउनु भयो।वहाँले भारतबाट आउनेको परीक्षणको कल्पना नै नगरिएको समेत बताउनु भयो।
वहाँले भन्नु भयो,भारतबाट त कुरौँ छाडिदिऊ, त्यहाँबाट टेस्ट गरेर पठाउने कुराको अपेक्षा नै गर्न सकिँदैन, त्यो त एउटा हुल आएको हो, जब एक महिनामा २ लाख ४१ हजार ८ सय ६२ जना आउछन्, त्यहाँ टेस्ट हुने कुरै भएन।










