पोखरा। गण्डकी प्रदेशमा आज थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरी ५६ जना संक्रमित थपिएको जनाएको हो।

अहिलेसम्म गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३८० पुगेको निर्देशानलयले जनाएको छ। अहिलेसम्म २२ जना निको भएर घर फर्किसकेका छन्। एक संक्रमितको भने मृत्यु भएको छ।