काठमाडौं। कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाण्डौंमा विरोध प्रदर्शन गरेका छन् । उनिहरुले काठमाण्डौंको शहिद गेट नजिकै लम्पसार परेर विरोध जनाएका हुन ।
सरकारले कोरोना नियन्त्रणमा प्रभावशाली काम गर्न नसकेको भन्दै प्रदर्शनकारीहरु मृत्युको अभिनय गरेर सडकमै सुतेका हुन । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई ब्यङ्य समेत गरेका छन् ।
बेसारले पहेंलै भएका युवाहरुले बेसार प्यार प्यार, काम कहिले सरकार ? भन्ने प्लेकार्डसहित सरकारको विरोध गर्दै प्रधानमन्त्रीलाई ब्यङ्य समेत गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा अदुवा, लसुन, बेसारलगायत औषधिजन्य खाने कुरा हुने र त्यो सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको बताएपछि विरोध भइरहेको छ ।
स्वस्फुर्त रुपमा सडकमा उत्रिएको बताउँने उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्चको हिसाब पारदर्शी बनाउँनुपर्ने, क्वारेन्टाइनहरु सुरक्षित बनाउँनुपर्ने लगायत माग राखेका छन ।










