गौरिगञ्ज। झापाको गौरिगञ्ज गाउँपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको हरियाणाबाट आएका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।

वहाँका अनुसार उनीसंगै ४९ जनाको पीसीआर टेष्टका लागि स्वाव संकलन गरि पठाइएको थियो । यसअघि २ पटक सम्म पीसीआर परीक्षण गर्दा पनि उनमा संक्रमण देखिएको थिएन् । तेश्रो पटकको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

उनी गत जेठ १९ गते भारतको हरियाणाबाट आएर खजुरगाछी माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनी वडा नम्बर ५ का बासिन्दा हुन् । उनीसँगै हरियाणाबाट आएका अन्य १४ जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।

गौरिगञ्जका २ वटा वडाका मात्र संक्रमित छन् । वडा नम्बर ६ का ३ जनामा यसअघिनै संक्रमण पुष्टि भएको थियो । आज संक्रमण पुष्टि भएका भनिएका पुरुषसँग बस्दै आएका अन्य दुई युवाको भोलि पुनः परीक्षणका लागि पठाउने र उनीहरुको रिपोर्ट नेगेटिभ आए घर पठाउने पनि मिश्रले सवाल नेपाललाई जानकारी दिनुभयो । उनको रिपोर्ट हिजो राति अवेर आएकाले पत्र आज मात्र प्राप्त भएको पनि मिश्रले जानकारी दिनुभयो । यो खबर तयार पार्दा सम्म गौरिगञ्ज गाउँपालिकामा १६ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah