काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जना नयाँ संक्रमित थपिएको बताउनु भयो ।

योसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैकोपनि मृत्यु नभएको पनि वहाँले बताउनु भयो । हालसम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ अस्पतालबाट एक सय ७६ जना घर फर्किएका पनि वहाँले जानकारी दिनुभयो । डिस्चार्ज भएर घर फर्किनेमा एक सय ५८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या एक हजार ५ सय ७८ पुगेको छ । जसमा महिला १४१ जना र पुरुष एक हजार ४ सय ३७ जना रहेका पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah