प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्धामा आज बहस हुँदैछ । यसअघि पटकपटक मुद्धाको पेसी स्थगित हुँदै आएकामा आज भने बहस हुने भएको हो । प्रहरी महानिरीक्षक नियुक्तिमा वरिष्ठता मिचिएको दाबीसहित डिआईजी नवराज सिलवालले रिट दायर गरेका थिए । उक्त मुद्धाको सुनुवाइका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले ७ जना न्यायाधीशको पेसी तोकेकी छन् ।
त्यसका लागि देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा, केदार चालिसे, सपना प्रधान मल्ल, दीपक कार्की, तेजबहादुर केसी, जगदिश शर्माको बृहत पूर्ण इजलास तोकिएको छ । प्रधानन्यायाधीश कार्की आफू नबसे पनि सबै आफू निकटका व्यक्तिलाई इजलासमा राखेकी छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सर्वोच्चले खारेज गरेपछि पुनः सर्वोच्च फर्केकी कार्कीले त्यसयता कुनै मुद्धा हेरेकी छैनन् । कार्की जसरी पनि नवराज सिलवाललाई महानिरीक्षक बनाउने मनस्थितिमा छिन् ।
उनको सोही तयारी बुझेर काँग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले गत १७ वैशाखमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । १९ वैशाखमा मानिरीक्षक नियुक्ति विवादबारे अन्तिम फैसला आउँदै थियो ।



