बिष्णुप्रसाद पोखरेल दमक/दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज दाहालले दमकमा चीनको लगानीमा बन्ने भनिएको क्लिन इण्डसिट्रयल पार्क कुनै ब्याक्ति या राजनीतिक दलले नल्याएको बताएकाछन् । प्रारम्भिक चरणमा करिब ३ सय अरबको लगानीमा पार्क बनाउनका लागि ढोका खुलेको बताउदै निर्वाचनको समयमा आफूले ल्याएको भनेर दाबी गर्नु औचित्य नभएको बताउदै दाहालले यस्तो कार्य नगर्न राजनीतिक दलहरुले सचेत समेत गराएकाछन् । यसलाइ चुनावी एजेण्डा नबनाउन आग्रह गर्दै उनले भने–‘यो सरकारको नियमित काम अन्र्तगत नगरपालिकाको पहलमा भएको हो, यसमा कुनै राजनीतिक दल वा ब्याक्तिको भूमिका होइन ।’
चीनले बिश्वलाइ ब्यापारसंग जोड्नका लागि वान बेल्ट वान रोड बनाउने घोषणासंगै दमकमा औधोगिक पार्क लगानी गर्ने सम्झौता गरेको कार्यकारी अधिकृत दाहालले जनाउदै यो करिब डेढ बर्ष अघिदेखिको पहल भएको बताए । स्थानीय स्तरमा यसको कार्यन्वयनको जिम्मेवारी नगरपालिकाका हुने र बिबाद सिर्जना भएमा यति ठूलो कामबाट बिदेशिले हात झिक्ने भएकाले नचाहिदो हावादारी प्रचार नगर्न दाहालले आग्रह गर्दै भने–‘३ सय अरब लगानी र ९० वटा अन्तराष््िरय स्तरका उद्योगहरु बन्नबाट रोक्ने काम गर्ने गतिबिधि कसैबाट हुनु हुदैन ।’ सामाजिक सञ्जाल र भाषणहरुमा राजनीतिक दलका केहि स्थानीय नेता कार्यकर्ताहरुले आफ्नो पहलमा यो काम भएको भन्दै जस लिन खोजेपछि नगरपालिकाले पत्रकार सम्मेलन गरेर नै स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले औधोगिक पार्कको बिषयमा स्थानीय उद्योगि ब्यवसायिले बिस्तृत थाहा नपाउदा समस्या भएको र जवाफ दिन मुश्किल भएको बताएका थिए । नगरपालिकाको पहलमा भएको र स्थानीय स्तरमा सबै स्वामित्व नगरपालिकामा रहेको भन्ने बल्ल बुझेको उनले जनाएका थिए । औधोगिक पार्क बिषयमा राजनीति हुनु नहुने र यहाँका नागरिकले बिदेशि उद्योगिहरुलाइ सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो ।
यहाँ औधोगिक पार्क बनेपछि स्थानीय करिब १ लाखले रोजगारी पाउने बताउदै आइएको छ । यहाँको दीर्घकालिन रुपमा खोला नियण्त्रण, बाटाहरु फराकिलो बन्ने र प्रारम्भिक चरणमा ३ सय अरब लगानी भएपनि त्यसपछि भने अझै धेरै लगानी हुने भएकाले यसलाइ बिबादमा ल्याउन र क्षणिक रुपमा आफ्नो स्वार्थपूर्तिका लागि आफूले यो काम गरेको भनेर नगरबासीको आँखामा छोरो हाल्ने कार्यले कसैलाइ भलो नगर्ने प्रमुख कार्यकारी अधिकृत दाहालको जोड थियो ।










