काठमाण्डौं। नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको हो।

समितिको आज बसेको बैठकले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक टुंगो लगाएको हो । समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा बैबाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबस गरेको हुनुपर्ने व्यवस्था पनि थप गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले विधेयकमा रहेको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा असहमतिसहित फरक दत दर्ता गराएपनि विधेयक बहुमतले पारित भएको हो।

नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधानको पक्षमा नेकपाका सांसदहरुले  भोट हालेका थिए ।

हिजो मात्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।