काठमाडौं, ७ असार । नेपालसहित विभिन्न देशबाट आइतबार खण्डग्रास सूर्यग्रहण देखिएको छ । खग्रास नभए पनि आइतबारको ग्रहणको मध्य समयमा सूर्यको अधिकांश भाग छोपिएर कालो देखिएको छ । ग्रहणको मध्य समय दिउँसो १२ बजेर ४१ मिनेट जाँदा सूर्यलाई चन्द्रमाले अधिकांश रुपमा ढाकेको हो ।

बादल लागेको तथा केही समय पानी परेका कारण ग्रहण अवलोकनमा अवरोध भए पनि काठमाडौँका केही स्थानमा विशेष व्यवस्था गरेर ग्रहण अवलोकनको व्यवस्था गरिएको छ । ग्रहणको मध्य समयमा सूर्य अधिकांश रुपमा छोपिएर शुक्ल पक्षको सुरुवाति दिनको चन्द्रमा जस्तो आकारमा देखिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान १० बजेर ५५ मिनेटमा सुरु भएको सूर्य ग्रहण दिउसो २ बजेर २४ मिनेट सकिएको थियो भने १२ बजेर ४१ मिनेटमा मध्य भएको खगोलबिद् जयन्त आचार्यले बताए ।

खगोलबिदका अनुसार पालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिएको थियो भने अन्य क्षेत्रबाट ८८ प्रतिशतसम्म ढाकिएको ग्रहण देखिएको थियो । यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ।

शास्त्रीय मतअनुसार, ग्रहण लागेको समयमा सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा स्नान गर्नुपर्ने उल्लेख छ । त्यतिपनि नहुँदा घरमै स्नान गर्नुपर्ने धार्मिक मान्यता छ ।

https://youtu.be/Ji6ROsYY31s