काठमाडौं। आज थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामागरि ५ सय ३५ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामध्ये रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् भने २३ जनाको मृत्यु भइसकेको छ ।



