काठमाडौँ । सरकारले कर्णालीमाथि फेरि विभेद गरेको छ । स्थानीय तहको चुनावको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने क्रममा यो विभेद गरेको हो । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले काभ्रेको नमोवुद्धका नवराज पाठक र दोलखाको जुगुका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै उनीहरुका परिवारलाई १० लाख रुपैयाँ राहहत दिने निर्णय गरेको छ ।
चुनावकै क्रममा कालिकोटको माल्कोटका राप्रपाका उम्मेदवारलाई धनरुप बटालालाई भने सरकारले बेवास्ता गरेको छ । पाठक र तामाङलाई सहिद घोषणा गरिनु जति ठिक त्यति नै बटालालाई बेवास्ता गर्नु बेठिक हो । कालिकोटका बटाला पनि नेपाली नागरिक नै हुन्, प्रहरीकै गोलीबाट उनको मृत्यु भएको हो ।
सरकारमा सहभागी पार्टीका नेता–कार्यकर्तालाई मात्र सहिद घोषणा गर्ने र अन्यलाई बेवास्ता गरेर अपमान गर्ने सरकारीले फेरि एक पटक गरेको छ । बैशाख ३१ गते चुनावकै दिन माल्कोटमा भएको झडपमा राप्रपाका उम्मेदवार बटालाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । यसअघि बटलालाई सहिद घोषणा गर्न राप्रपाले सरकारसँग माग गरेको थियो ।
- अनलाइन डबली बाट साभार



