काठमाण्डौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवासमा बोलाउनु भएको छ। राष्ट्रपतिले सबैदलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्रीसहितलाई बोलाएकाले राष्ट्रिय एजेण्डाका विषयमा छलफल हुनसक्ने अनुमान पनि गरिएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुकाका लागि शीतलनिवास बोलाउनु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसलाई नियमित कार्यक्रमअन्तर्गत नै भएको बताइएको छ । अधिकारीले भन्नु भयो, "दलका नेतासँग भेटवार्ता नगरेको ३–४ महिना भयो, यसैकारण आज बेलुकाका लागि बोलावट भएको हो।" तर कतिवजेका लागि बोलाइएको हो सो भने वहाले खुलाउनु भएन् ।