नयाँ शक्ति नेपाल, पार्टीका संयोजक डा बाबुराम भट्राईलाई स्थानीय निर्वाचनमा ठूलो धक्का लागेको छ । तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका भट्टराईले त्यस लगत्तै वैकल्पिक शक्तिको रुपमा नयाँ पार्टी खोलेका थिए । तर स्थानीय चुनावमा उनको नयाँ शक्तिलाई धक्का पुगेको छ ।

काठमाडौं महानगरपालिकामा नयाँ शक्तिका उम्मेदवार वनेका पवित्र बज्राचार्यले करिब १५ हजार मतगणना गर्दा ९० मत ल्याएका छन् । त्यस्तै ललितपुरमा नयाँ शक्तिका उम्मेदवार मदन महर्जनले करिब २६ हजार मत गणना सकिदा १०८ मत पाएका छन् । त्यस्तै अर्को महानगरपालिका भरतपुर र पोखरामा नयाँ शक्तिका तर्फबाट उठेका उम्मेदवारले अत्यन्त कम मत ल्याएका छन् ।

काठमाडौं महानगर पालिकामा नयाँ शक्तिका उम्मेदवार भन्दा भर्खरै खुलेको साझा पार्टीका उम्मेदवार किशोर थापाले १६ गुणा बढी मत ल्याएका छन् ।

भट्टराइको आफ्नै गृहजिल्ला गोरखामा उनीको पार्टी बलियो भएको अनुमान गरिएको भएपनि परिणाम भने त्यसको उल्टो निस्किएको छ । उनले प्रतिष्ठाको रुपमा लिएको पालुङटार नगरपालिकामासमेत भट्टराईको नयाँ शक्ति पार्टी यो समाचार तयार पार्दासम्म हारको नजिक पुगेको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कणेलले ४ हजार ५ सय ५३ मत ल्याउँदा दोस्रो नम्बरमा रहेका माओवादी केन्द्रका विवश चिन्तनले ४ हजार ४ सय मत ल्याएका छन् भने अव ४०५ मत मात्र गणना गर्न बाकी रहेको जनाइएको छ ।

जित्ने दावी गरिरहे पनि नयाँ शक्तिका उम्मेदवार अशोक देवकोटा तेस्रो नम्बरमा पुगेका छन् । उनले ३ हजार ८ सय ३० मत ल्याएका छन् । यसअघि माओवादीको गढका रुपमा रहेको गोर्खाका कुल ११ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ६ स्थानीय तहमा जित हात पारिसकेको छ भने एकमा माओवादी केन्द्रले जितेको छ ।

दुई नगरपालिकासहित ९ गाउँपालिका रहेको गोरखामा २ लाख ६८ हजार १ सय ४५ जनसंख्या रहेको छ । नयाँ शक्तिले रसुवामा एक गाउँपालिका अध्यक्षमा चुनाव जितेको छ ।

यी हुन् गोरखाका स्थानीय तह

आरुघाट गाउँपालिका–कांग्रेस
अजिरकोट गाउँपालिका–कांग्रेस
सिराञ्चोक गाउँपालिका–नेपाली कांग्रेस
चुमनुब्री गाउँपालिका–कांग्रेस
गण्डकी गाउँपालिका–कांग्रेस
धार्चे गाउँपालिका–कांग्रेस
सहिद लखन गाउँपालिका–माओवादी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah