काठमाण्डौं। नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमित एक व्यक्तिको आज मृत्यु भएको हो।

चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा‍. खगेश्वर गेलालले जानकारी दिनुभएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ललितपुरमा मृत्यु हुने यी दोस्रो कोरोना संक्रमित व्यक्ति हुन्। यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो। पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका उनमा असार ५ गते संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल ल्याइएको थियो।

उनको मृत्यु भएपछि शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली पाटन अस्पताल पुगिसकेको छ। योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।