वि.सं.२०७७ असार- १२,शुक्रवार, ई.सं.२०२० जून-२६, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-पञ्चमी ०६:५६ बजेदेखि षष्ठी , २८:५१ बजे उप्रान्त अष्टमी,नक्षत्र-मघा , ११:५५ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-वज्र ०५:३५ बजेदेखि सिद्धि , २६:५३ बजे उप्रान्त वरियान् , करण-वालव ०६:५६ बजेदेखि कौलव , १७:५५ बजे उप्रान्त भद्रा,चन्द्रराशि-सिंह,आनन्दादि योग-काण,सूर्योदय-०५:१२, सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ, मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – गल्ति कमजोरी लाइ सुधारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,पारिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – बोलिमा सुधार गर्नु होला,भौतिक रुपमा सफल भइनेछ,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्, आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – आफन्त संग चनाखो रहनु होला,बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,लेनदेन आदिमा सफल भइनेछ, रोजगारीको अवसर मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– काम गर्दा मतभेत हुनेछ,विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ, आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,घमण्ड त्याग गर्नु होला, आजको शुभ अंक ६ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,पुरानो रोकीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ, खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– आफन्त संग सजग रहनु होला,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – किनमेल गर्दा सजक रहनु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– दैनिकी आहारविहारमा सचेत रहनुहोला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – मौन बस्दा नसोचेको काम बन्नेछ,काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ, वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला, आजको शुभ अंक १० रहेको छ ।



