काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक सुरु भएको छ। बैठक करिब साढे ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। यही असार १० गतेदेखि नेकपा स्थायी कमिटी बैठक सुरु भएको हो।

पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध कार्यसूचीमा छलफल हुने छ। कार्यसूचीका विविधमा रुकुम पश्चिमा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक, संघीय सांसदको भत्ताका विषय राखिएको छ।