काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ५ सय ५४ जनामा कोरोना पुष्टि भएको बताउनु भयो।
पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो। योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।



