काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको भएपनि कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोनाकै कारण महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने काम रोकिएको छ । आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्ने वताइएको छ ।