काठमाडौं, ४ जेठ । संसद बैठक चलेका बेला अनुपस्थित भएका एक सयभन्दा धेरै सांसदहरूको विदा स्वीकृत भएको छ । चालु अधिवेशनको बिहीबार बसेको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले सांसदहरूको विदा स्वीकृतिका लागि सदनमा पेश गरेकी हुन् ।
बैठकमा धेरै अनुपस्थित हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि पर्छिन् । आरजु ३५ दिनसम्म लगातार संसद बैठकमा अनुपस्थित भएकी छिन् ।
त्यसैगरी उपेन्द्र यादव र गगन थापा पनि संसद बैठकमा लगातार अनुपस्थित हुने सांसदको सूचीमा पर्छन् ।
संसद बैठकमा अनुपस्थित हुने केही सांसदहरूको सूची
१. हृदयराम थानी– २२ दिन २. तप्तबहादुर विष्ट – १४ दिन ३. दिलशोभा पुन – १७ दिन ४. दीर्घराज भाट – १५ दिन ५. तारिणीदत्त चाटौत – २६ दिन ६. धनबहादुर बुढा – १२ दिन ७. बहादुर सिंह थापा ३० दिन ८. नरेन्द्रविक्रम नेम्वाङ – १९ दिन ९. बलदेव बोहरा – १३ दिन १०. मोहनसिंह राठौर – ११ दिन ११. भागवत नेपाली – १० दिन १२. शारदाकुमारी विश्वकर्मा – २२ दिन १३. अमृतलाल राजवंशी – २३ दिन १४. प्रमिला राणा – ११ दिन १५. गौराप्रसाद कोइराला –५२ दिन १६. शिवकुमार मण्डल – १० दिन १७. महालक्ष्मी डिना उपाध्याय – ११ दिन १८. एकनाथ ढकाल – २८ दिन १९ . सीता गिरी ओली – १० दिन २०. डा.चन्द्रमोहन यादव – २७ दिन २१ दलबहादुर सुनार – १० दिन २२. विश्वेन्द्र पासवान – ८४ दिन २३. जनकराज जोशी – १५ दिन २४. सुशीलकुमार श्रेष्ठ – ११ दिन २५. सुधिरकुमार सिवाकोटी – ११ दिन २६. अतहरकमाल मुसलमान – १४ दिन २७. अनारकली मियाँ – १० दिन २८. अभिषेकप्रताप शाह – २३ दिन २९. अमर सिंह पुन – २१ दिन ३०. आरजु राणा देउवा – ३५ दिन ३१. आशा चतुर्वेदी – १० दिन ३२. इन्द्र झा – १० दिन ३३. उपेन्द्र यादव – ४६ ३४. उर्मिलादेवी साह – १३ दिन ३५. कमल थापा – ११ दिन ३६. कमलेश्वर पुरी गोश्वामी – १५ दिन ३७. काशिम आली सिद्धिकी – २१ दिन ३८. केदारनन्दन चौधरी – ११ दिन ३९. गगन थापा – ३६ दिन ४०. गीता वाग्ले – १२ दिन ४१. गौरीकुमारी ओली – १२ दिन ४२. चन्द्रेश्वर झा – १७ दिन ४३. चन्द्रबहादुर गुरुङ – १३ दिन ४४. छायाँ शर्मा पन्त – १० दिन ४५. जनार्दन शर्मा – १० दिन ४६. जुनेत निषाद धुनिक – १३ दिन ४७. जयन्त चन्द – ११ दिन ४८. जीवनकुमारी घिमिरे – ११ ४९. जंगीलाल राय – २२ दिन ५०. बिखबहादुर लिम्बु – १५ दिन ५१. डिल्लीबहादुर चौधरी – २८ दिन ५२. तरादेवी राई – १० दिन ५३. तेजकुमारी पौडेल – २८ दिन ५४. दिनेशप्रसाद यादव – ११ दिन ५५. दिनेश श्रेष्ठ – १० ५६. दीपक बोहरा – २२ दिन ५७. नगेन्द्रकुमार कुमाल – १० दिन ५८. नरबहादुर चन्द – १२ दिन ५९. नरहरि आचार्य ८७ दिन (बिरामी भएको)










