भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएपछि चीनले चासाे देखाएकाे छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, 'चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ। हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँ लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानूनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ।'

उनले चिनियाँ कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कानुनअनुसार चल्न निर्देशन दिँदै आएको बताउँदै भारतले गैर–जिम्मेवारपूर्ण काम गरेको सङ्केत गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्वका उदीयमान अर्थतन्त्रका रूपमा हेरिने चीन र भारतबीच सिमावर्ती क्षेत्रमा केही हप्ता पहिले तनाव देखिएको थियो। यद्यपि त्यस क्षेत्रमा अहिले तनाव नियन्त्रणमा आएको दुबै देशका अधिकारीहरूले बताउँदै आएका छन्।

चीनले भारतीय सेना अनधिकृतरुपमा आफ्नो भूमीमा प्रवेश गरेकाले कारबाही गर्नुपरेको बताउँदै आएको छ। त्यस्तै भारतीय पक्षले चीनको दावीलाई खण्डन गर्दै आएको छ ।