काठमाडौं। प्रधानमन्त्री केपी ओली संकटमा पर्नु भएको छ । स्थायी समिति बैठकमा वहाँको चर्को आलोचना र राजीनामा माग गरेसँगै ओली संकटमा पर्नु भएको हो । सोहि कारण प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको छ ।
हिजोको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि छलफल गर्न आफूनिकट मन्त्री र सदस्यलाई बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।
आजको स्थायी समिति बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न उनीहरुलाइ बोलाइएको बताइएको छ । अहिले मन्त्री र स्थायी सदस्यहरुबीच छलफल चलिरहेको छ । हिजोपनि स्थायी समिति बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसँग छलफल गर्नुभएको थियो ।










