दमक। झापाको दमकमा आज एकै दिन ४ हजार विरुवा रोपिएको छ । दमकका लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा यत्रो संख्यामा विरुवा रोपिएको हो ।
मेगा ट्री प्लानटेशन नाम दिइएको सो कार्यक्रमा लायन्सकर्मीहरुले दमक ३ मा पर्ने हंसेदुम्से सामुदायीक वन क्षेत्रमा टिक, मसला लगायतका जातका विरुवा रोपेको लायन्स क्लव अफ इष्र्टन लायनका सचिव वुद्धिसागर बरालले सवाल नेपाललाई जानकारी दिनु भयो । प्रत्येक वर्ष आयोजना गर्दै आएको वृक्षारोपण कार्यक्रम आज गरिएको पनि वहाँले जानकारी दिनुभयो ।
मल्टिपल चियर पर्सन राजन खत्रीको प्रमुख आतिथ्यतामा गरिएको वृक्षारोपण कार्यक्रममा दमकका १६ र कमल गाउँपालिकाको एक गरि १७ लायन्स क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम पवन अधिकारीको संयोजकत्वमा भएको थियो ।






