काठमाण्डौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार मन्ध्यान्ह आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रिपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नु भएको हो।
शीतलनिवासमा केहीबेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भएको स्रोतले बतायो। अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको र मन्त्रिपरिषद बैठक सुरु हुन लागेको श्रोतले बतायो ।
पार्टी स्थायी समितिमा राजीनामा मागिएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपतिलाई भेट्न जानुलाई चासोका साथ हेरिएको छ।यसअघि मंगलबार स्थायी समितिको बैठकअघि र पछि गरेर दुईपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नु भएको थियो।










