गौरिगञ्ज। झापाको गौरीगञ्ज गाउँपालिकालाई १४ सय माक्स र केहि ह्याण्ड सेनिटाइजर सहयोग गरिएको छ । गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठलाई जुरोपानी गाविस वडा नम्बर दुईका पुर्व वडा अध्यक्ष भुवन प्रसाद घिमिरे र समाजसेवी सुमन कार्कीले आज अध्यक्षको कार्यकक्षमै हस्तान्तरण गर्नु भएको हो ।

कोरोना भाइरस संक्रमबाट गाउँपालिका बासीलाई बचाउने गाउँपालिकाको कार्यमा थप सहयोग पुगोस भनेर सो माक्स र सेनिटाइजर सहयोग गरेको कार्कीले बताउनु भयो । कार्कीको समन्वयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य गौरीगञ्ज निवासी विनोद रिसालले सो सहयोग उपलब्ध गराउनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहयोग ग्रहण गरिसकेपछि गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट गौरीगञ्ज गाउँपालिकावासीलाई बचाउन माक्स र सेनिटाइजर उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्दै सहयोगको लागि धन्यवाद समेत दिनु भएको थियो । सोक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रको पनि उपस्थिति रहेको थियो ।