रबिन्द्र यादव / जेष्ठ ५ , परासी ।। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी गाडि चालक अलाउद्दिन अन्सारी घाईत्ते भएका छन् भने गाडिको अगाडिको भाउजीङ्ग भाग पुर्ण रुपमा ध्वस्त भएको छ । उँहाको निवास महेशपुरवाट आफ्नै पेट्रोल पम्प सरावल ४ मंगलापुर ईन्धन लिन जाने क्रममा दुर्घटना भएको नेता कण्डेलले फोन मार्फत जानकारी गराउनु भएको छ । यद्धपी नेता कण्डेल भने उक्त समयमा गाडिमा सवार नरहेको बताउनु भएको छ । हाल भुतहां परासी सडक खण्ड निर्माणधिन रहेको छ भने अहिले सो बाटोमा साना ग्रेभेल ओछ्याईएको छ । साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्ष दर्शिहरुले बताएका छन् । दुर्घटनामा परी ३५ वर्षिय चालक अंसारी सामान्य घाईत्त भई सदरमुकाम परासीमा उपचाररत रहेका छन् । दुर्घटना स्थल उँहाको निवाश महेशपुरवाट करीब २ किलोमिटर उत्तरमा रहेको छ ।
कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त
सवाल नेपालसंवाददाताशुक्रबार, ४ जेठ २०७४

कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



