दमक। झापाको गौरीगञ्ज गाउँपालिकाबाट आज २५ जनाको स्वाव संकलन गरिएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न स्वाव संकलन गरिएको हो ।
उनीहरु गौरीगञ्जको क्वारेन्टाइन र होम क्वारेन्टाइनका हुन् । स्वाव संकलन गरिएकामा २१ जना पुरुष छन भने एक बालिका सहित ४ महिला छन् । पुरुषहरु सबै गौरीगञ्जको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनका हुन् ।
त्यस्तै एक बालिका सहित ३ महिला क्वारेन्टाइनका र एक महिला होम क्वारेन्टाइनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो ।
वहाँका अनुसार उनीहरुको परीक्षणको रिपोर्ट सम्भवत पर्सी मंगलबार आउनेछ । परीक्षणका लागि स्वाव प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको छ ।



