काठमाडौं । केही दिनदेखि बल्झिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सुल्झिने संकेत देदेखिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमति नजिक पुगेपछि विवाद समाधान हुने संकेत देखिएको हो ।
अध्यक्षद्वय ओली र दाहालबीच वार्तापछि चरमोत्कर्षमा पुगेको विवाद अन्त्य हुने छनक देखिएको हो । अध्यक्षद्वय ओली र दाहालबीच आइतबार दिउँसो प्रधानमन्त्री निवासमा विवाद समाधानका लागि गम्भीर छलफल भएको छ । दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र पूर्वमन्त्री तथा स्थायी समिति सदस्य जनार्द्धन शर्मा समेत सहभागी हुनु भएको थियो ।
दुई अध्यक्षबीच आशंका र दुरी बढाउने क्रियाकलाप रोक्ने सहमति भएको छलफलमा सहभागी नेतालाई उदृत गर्दै नेकपा सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्षद्वय ओली र दाहाल पार्टीलाई विगतमा भएका समझदारीको आधारमा अगाडि बढाउन सहमत हुनुभएको छ । सोमबार बिहान स्थायी समिति बैठकअघि पुनः दुई अध्यक्षबीच छलफल छलफल गर्ने सहमति भएको छ । जनता समाचार बाट










