दमक। झापाको दमक नगरपालिकाको क्वारेन्टाइनमा आज विहान ६ जना थपिएका छन् । उनीहरु भारत बाहेक तेश्रो मुलुकबाट आएका दमक नगरपालिका क्वारेन्टाइन व्यस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वहाँका अनुसार ६ जना नै पुरुष हुन् । यो समाचार तयार पार्दा सम्म दमकका दुई क्वारेन्टाइनमा ५२ जना छन् । जसमा ४० जना पुरुष छन् । दमकमा ३ वटा क्वारेन्टाइन भएपनि दाहाल प्रतिष्ठानको क्वारेन्टाइन भने खाली छ ।

मिष्ट कलेजका मानसरोबर क्वारेन्टाइन र मदन भण्डारी स्मृति प्रतिष्ठानको महिला क्वारेन्टाइनमा मात्र बाहिरबाट आएकाहरुलाई राखिएको सदस्यसचिव भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । दमकमा अहिले सम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पहिलो र दोश्रो संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् ।

त्यस्तै दुई दिनअघि थप ५४ जनाको स्वाव संकलनगरि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको छ । उनीहरुको परीक्षणको रिपोर्ट सम्भवत भोलि आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय